Skip to Content
  • Home
  • Properties
  • Lettings
  • Pricing
  • News
  • About Us
  • Contact Us
  • ​ karobarnepal.info@gmail.com
  • Sign in
  • KarobarNepal
    • 0
    • Contact Us
KarobarNepal
  • 0
    • Home
    • Properties
    • Lettings
    • Pricing
    • News
    • About Us
    • Contact Us
  • ​ karobarnepal.info@gmail.com
  • Sign in
  • Contact Us

पुनः ओरालो लाग्दै रियल स्टेट कारोबार

February 17, 2025 by
Karobar Nepal
| No comments yet

देशभर घट्दो घरजग्गा कारोबार कार्तिक महिनादेखि केही उकालो लागेतापनि माघमा आएर फेरी घटेको छ । बाउन्स ब्याकका क्रममा झ्याप्प ब्रेक लाग्दा रियल इस्टेटमा मन्दी अझै लम्बिने कुराको संकेत दिएको कारोबारी एवं बिज्ञहरु बताउछन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघ महिनामा देशभर ४६ हजार ६९ लिखत पारित भएका छन् । अघिल्लो महिना पुसमा ४८ हजार १५६ घरजग्गाको लिखत पारित भएका थिएभने यो माघमा भएको घरजग्गा कारोबार अघिल्लो माघ महिनाको तुलनामा पनि कम हो । ०८० माघमा देशभर ५० हजार ९२१ घरजग्गाको लिखत पारित भएको थियो।

माघमा घरजग्गा कारोबार घटेपनि राजश्व संकलनमा चाहिँ उल्लेखनिय गडबड छैन। पुस महिनामा देशभरका मालपोत कार्यालयबाट तीन अर्ब ८७ करोड रुपैयाँ राजश्व संकलन भएकोमा माघमा पनि तीन अर्ब ८७ करोड रुपैयाँ नै राजश्व संकलन भएको विभागले जनाएको छ ।

माघमा ३३ हजार ४२८ घरजग्गा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा वा अंशबण्डा, मुद्दामामला लगायत कारणले घरजग्गा रोक्का भएका छन् भने २९ हजार ३३० घरजग्गा आपसी सहमती र कर्जा चुक्ता पश्चात् फुकुवा भएका छन् ।

सबैभन्दा धेरै घरजग्गा लिखित पारित गर्ने  सुनसरीको इनरुवा मालपोत कार्यालयले एक महिनामा इनरुवा मालपोतबाट १७ सय चार लिखत पारित गरेको छ भने क्रमशः  झापाको भद्रपुरबाट १५ सय ७०, धनुषाको जनकपुरधामबाट १५ सय तीन, मोरङको बेलवारीबाट १५ सय एक सप्तरीको राजविराजबाट १२ सय १८, सिराहाबाट एक हजार २८, कपिलबस्तुको तौलिहवाबाट ९९६, सर्लाहीको मलंगवाबाट ९६०, बाराको कलैयाबाट ९५७, मोरङको विराटनगरबाट ९४७, दाङको तुल्सीपुरबाट ९४६, बाँकेको नेपालगञ्जबाट ९४३, भक्तपुरबाट ९०४ लिखत पारित भएका छन् । सबैभन्दा कम घरजग्गा कारोबार भने मुस्ताङ, मनाङ र सिर्दिवासमा भएका छन् मालपोत कार्यालयबाट भएका छन्  (मात्र ५-५)। ललितपुरको गोटीखेलबाट सात, अछामबाट १०, डोल्पाबाट १२, मुगुमा १३ घरजग्गाको लिखत पारित भएको विभागको तथ्यांकमा उल्लेखित छ। माघमा ४२ मालपोत कार्यालयबाट सय भन्दा कम संख्यामा घरजग्गाको लिखत पारित भएको देखिन्छ ।

माघको कारोबारको कुल राजश्वमध्ये रजिष्ट्रेसन दस्तुरवापत दुई अर्ब ५२ करोड र पुँजीगत लाभकरवापत एक अर्ब ४५ करोड रुपैयाँ राजश्व संकलन भएको हो।

तराईका जिल्लामा कारोबार धेरै भएतापनी रहेपनि राजश्व संकलनमा भने उपत्यकाका मालपोत कार्यालयले उल्लेखनिय बडि गरेको देखिन्छ। विभागका अनुसार माघमा सबैभन्दा धेरै राजश्व ललितपुरको लगनखेल मालपोतबाट ३३ करोड ७४ लाख उठेको हो भने दोस्रो स्थानमा रहेको डिल्लीबजार मालपोतबाट २६ करोड ९२ लाख उठेको छ भने तेश्रो चाहिँ  कलंकी मालपोतबाट २६ करोड उठेको हो।भक्तपुर मालपोतबाट २४ करोड ४२ लाख, चावहिलबाट २० करोड ७९ लाख, पोखराबाट १४ करोड ७६ लाख, चितवनबाट १३ करोड ६० लाख, साँखुबाट १० करोड २६ लाख, रुपन्देहीको भैरहवा मालपोतबाट १० करोड रुपैयाँ राजश्व संकलन भएको बिभाग बताउँछ । 

यसैगरी फाल्गुनमा पनि क्रमशः  ब्यावसाय घटेर गए  समग्र देशको अर्थतन्त्रमै ह्रास आउने र रियल स्टेट मन्दी थप फस्ट्याउने सरोकारवालाहरु बताउँछन् ।

in News
Karobar Nepal February 17, 2025
Share this post
Tags
Our blogs
  • Our blogs
  • News
  • ​
Archive
Sign in to leave a comment

Karobar Nepal

"Real Estate, Redefined."
  • Home
  • Contact us
  • Privacy Policy
  • +977-9768286846
  • karobarnepal.info @gmail.com
Follow Us

We use cookies to provide you a better user experience on this website. Cookie Policy

Only essentials I agree